माछापुच्छ्रे बैंकको स्पष्टीकरणः प्रतिनिधीहरुको बदमासी हो, बैंकको होइन, कारबाही प्रक्रिया अघि बढी सक्यो

३० आश्विन २०७९, आईतवार १६:०१

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको रुपन्देही ग्रामिण क्षेत्रमा संचालित शाखारहित बैकिङ्ग सेवामा ग्राहकको रकम हिनामिना भएको विषयमा बैंकले स्पष्टीकरण दिएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै उक्त घोटाला बैंकबाट नभई सम्बन्धित व्यवसायिक प्रतिनिधीबाट भएको प्रष्ट पारेको छ ।

बैंकले रकम दुरुपयोग गर्ने व्यक्तिहरुमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएकाले सबै पीडितहरुलाई सम्बन्धित प्रहरी कार्यालयमा सहभागी हुन अनुरोध गरेको छ ।

बैंकले रुपन्देही जिल्ला, समरीमाई गाउँपालिका, वडा नं. ५, रोइनिहवा र लुम्बिनी सांस्कृतिक न.पा. वडा नं. २, मुजहानामा स्थानीय सर्वसाधारणहरुलार्य सर्व सुलभ तरिकाले बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले शाखारहित ग्राहक सेवा केन्द्र (बिएलबि)मार्फत सीमित बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यसहित निरन्जन पाठक र सिकन्द्र ठाकुर व्यवसायिक प्रतिनिधी नियुक्त भई कारोबार भई आएकोमा निरीक्षणको क्रममा उक्त प्रनिनिधीहरुबाट कार्यमा कैफियत देखिएपछि उक्त सेवा बन्द गरिएको जनाएको छ । बैंकले सम्बद्ध प्रतिनिधीलाई नै दोषी रहेको र कारबाही अगाडी बढाइसकेको बताएको छ ।

साथै उक्त सेवाकेन्द्रका प्रतिनिधीहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको रकम रियल टाइममा रकम जम्मा हुने र सिस्टम मार्फत नै भौचर प्रिन्ट भई निक्षेपकर्तालार्य सोही भौचर प्रदान गर्नुपर्नेमा निज प्रतिनिधीहरुले बैंक भौचरको अनाधिकृत प्रयोग गरी विभिन्न व्यक्तिहरुलाई हस्तालिखित भौचर प्रदान गर्ने र बैंकको अनलाइन सिस्टममार्फत रकम जम्मा नै नगरी आफै रकम राख्ने गरेको कार्य कानून विपरीत रहोको भन्दै निज प्रतिनिधीहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित उजुरी समेत दिएको जनाएको छ ।

बैंकका अनुसार निज प्रतिनिधीहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको भनिएको रकम आफैंले खाए मासेको ब्यहोरा लिखित रुपमा नै स्वीकार गरिसकेको छ । निज प्रतिनिधीहरुले ग्राहकको रकम व्यक्तिगत हैसियतमा दुरुपयोग गरेउपर निज प्रतिनिधीहरु स्वयं जिम्मेवार हुने र सो सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालय मार्पmत आवश्यक कानूनी प्रक्रिया सुरु भइसकेको समेत बैंकले विज्ञप्ति मार्फत जानकार गराएको छ ।

उक्त शाखारहित बैकिङ्ग केन्द्रबाट केही निक्षेपकर्ताहरुको करोडौं करम हिनामिना भएको थियो । निक्षेपकर्ताहरुसँग भौचर र एटीएम कार्ड साथमा भएपनि आफ्ना खातामा रकम जम्मा नभएको निक्षेपकर्ताहरुले गुनासो गरेका थिए । बैंकले निरीक्षणको क्रममा उक्त शाखारहित बैकिङ्ग सेवामा प्रतिनिधीहरुबाट नै ठूलो रकम हिनामिना भएको तथ्य फेला पारेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*