शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा राष्ट्रिय शोक मनाईने, भोलि सार्वजनिक दिने तयारी

३० आश्विन २०७९, आईतवार १७:१८

काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा राष्ट्रिय शोक मनाउने भएको छ । जोशीको निधनप्रति शोक व्यक्त गर्दै एक दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताए ।

श्रद्धाञ्जली दिन ललितपुर पुगेका मन्त्री श्रेष्ठले आफूले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने उल्लेख गर्दै सरकारले बिदाको निर्णय गर्ने बताए । जोशीको १०३ वर्षको उमेरमा आज निधन भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*