कुमारी बैंकको बुकक्लोज कात्तिक १४ गते

३० आश्विन २०७९, आईतवार १७:२७

काठमाडौं । कुमारी बैंक लिमिटेडले प्रस्ताव गरेको १२.५ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । लाभांश स्वीकृत भएपश्चात् बैंकले बुकक्लोजको मिति तय गरेको छ ।

बैंकले कात्तिक १४ गते एक दिन बैंकको शेयरधनी दर्ता किताबमा दाखिल खारेज बन्द गर्ने निर्णय गरेको छ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडबीच गाभ्ने।गाभिने समबन्धमा समझदारीपत्रमा हस्ताक्षर भई मर्जरको प्रक्रिया बघि बढीसकेकोले असोज ११ गते देखि नै बैंकको शेयर कारोबार रोक्का रहेको छ ।

यसर्थ प्रचलित नियमअनुसार असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडमा कात्तिक १४ गतेभित्र शेयरधनी दर्ता किताबमा दाखिला खारेज नामसारी भई शेयर कायम रहेका शेयरधनीहरुले मात्रै बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*