नयाँ ब्रोकर लाइसेन्समा आवेदन दिने आज अन्तिम दिन, क–कसले दिए आवेदन ? (नामावली सहित)

३१ आश्विन २०७९, सोमबार १०:११

काठमाडौं । नयाँ ब्रोकर लाइसेन्समा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आजसम्म आवेदन दिएर सिफारिस भएका कम्पनीहरुले नयाँ ब्रोकर कम्पनीको आवेदन नेप्सेले बोर्डमा पठाँउछ ।
नेप्सेले आज नेपाल धितोपत्र बोर्डमा एकमुष्ठ रुपमा कम्पनीहरुले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको सिफारिस पठाउने भएको छ।

बोर्डले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो।

धितोपत्र ऐन २०६४ को दफा ५७ को उपदफा २ (ग) को ‘धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने शीर्षकमा’ मा ‘धितोपत्र बजारको सदस्यता लिएरमात्र व्यवसाय गर्न पाउने तोकिएबमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिसपत्र’ भनिएको छ। त्यसैले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेको सिफारिस अनिवार्य छ।

नेप्सेमा ३८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस माग गरेका छन्। ‘हिजो थप ६ वटा कम्पनीले सिफारिस माग गरेका छन् ।
योसँगै कुल ३८ वटा कम्पनीले सिफारिस मागेका छन्, आज कार्यालय अवधिसम्म आवेदन आएका ब्रोकर कम्पनीहरु सिफरिस गरेर बोर्डमा पठाउने तयारी गरिरहेका छौ, नेप्सेका एक अधिकारीले बताए ।

सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ। जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ।

नेप्सेमा सिफारिस माग्ने ब्रोकर कम्पनीहरु, 

भोले गणेश सेक्युरिटिज लिमिटेड
क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि
कलश सेक्युरिटिज प्रालि
हिमालयन ब्रोकरेज कम्पनी
एनएमबी सेक्युरिटिज लिमिटेड
केबीएल सेक्युरिटिज लिमिटेड
प्रोपर्टी बिजार्ड लिमिटेड
सेयरप्रो सेक्युरिटिज लिमिटेड
माछापुच्छ्रे सेक्युरिटिज प्रालि
एनआईसी एसिया सेक्युरिटिज लिमिटेड

मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड
सनी सेक्युरिटिज कम्पनी लिमिटेड
सजिलो ब्रोकर कम्पनी लिमिटेड
सन सेक्युरिटिज प्रालि
पाही इन्भेस्टमेन्ट लिमिटेड
मियो सेक्युरिटिज प्रालि
मेगा स्टक ब्रोकर लिमिटेड
एलिट स्टक हाउस
इन्फिनिटी सेक्युरिटिज लिमिटेड
इन्डेक्स सेक्युरिटिज लिमिटेड
जेबीएनएल सेक्युरिटिज लिमिटेड
प्रभु स्टक मार्केट क्यापिटल लिमिटेडे
आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड
एसपीएसबी सेक्युरिटिज लिमिटेड
नबिल सेक्युरिटिज लिमिटेड
शुभकामना सेक्युरिटिज प्रालि
ट्रेडमो सेक्युरिटिज प्रालि
सानिमा सेक्युरिटिज लिमिटेड
आकाशभैरव सेक्युरिटिज लिमिटेड
हिमालयन सेक्युरिटिज लिमिटेड
क्यापिटल हब प्रालि
गरिमा सेक्युरिटिज लिमिटेड
स्टक्सकाट्र्स सेक्युरिटिज लिमिटेड
हातेमालो फानान्सियल सर्भिसेज प्रालि
सीबीआईएल सेक्युरिटिज
इगल स्टक इक्विटी प्रालि
इन्दिरा सेक्युरिटिज प्रालि
ब्ल्युचिप सेक्युरिटिज लिमिटेड

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*