आशा लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

३१ आश्विन २०७९, सोमबार १०:२४

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।लघुवित्तले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक समूहको शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक योग्य व्यक्तिले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयरको मूल्य प्रतिकित्ता रू। ३९५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले शेयर खरीदका लागि आवेदन दिदा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याका लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

कार्यालयसम्म प्राप्त भएका बोलपत्र कात्तिक १ गते मंगलवार ११ बजे प्रभु क्यापिटल कमलादीमा खोलिने छ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*