एनएमबि लघुवित्तको डिसिइओमा बिरु राम जैशी नियुक्त
३१ आश्विन २०७९, सोमबार १०:५३

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब कार्यकारी प्रमुखमा बिरु राम जैशी नियुक्त भएका छन् । कम्पनीले नेप्सेसमक्ष रिक्त रहेको उक्त पदमा जैशीलाई चयन गरेको जनाएको हो ।
कम्पनीको असोज २७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार हाल रिक्त रहेको नायव कार्यकारी प्रमुखको पदमा एनएमबि बैंकसँगको डेपुटेशन सम्झौता अन्तर्गत आएका बैंकका कर्मचारी जैशीलाई असोज २३ गतेबाट लागू हुनेगरी नियुक्त गरेको हो ।