सानिमा ३ मा १ खातामा सि–आस्वा तथा मेरो शेयर सुबिधा थप

३१ आश्विन २०७९, सोमबार ११:१८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न ३ मा १ खाताको प्रणाली परिष्कृत गरेको छ ।

ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै ३ मा १ खाताको अनलाइन फारम भर्दा ग्राहक महानुभावहरुले बैंक खाता, डिमेट खाता र टे«ेडिङ खाताका साथै सि आश्वा र मेरो शेयरको आवेदन पनि दिन सक्नुहुनेछ । साथै, ३ मा १ पोर्टलको दासबोडमा बैंकले सहज र सरल प्रकृयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरिएको छ । यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्नुहुनेछ । खाता भइसकेका ग्राहकले समेत यसबाट सि आश्वा तथा मेरो शेयरको सुबिधा लिन सक्नुहुनेछ ।

सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट शेयर खरिद र बिक्री गर्न सक्नुहुनेछ । यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइट बाट ३ मा १ खातामा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ । आइपिओ मार्फत् शेयर खरिद गर्नु भएका ग्राहकहरु समेत केही प्रकृयाहरु पूरा गरी सानिमा ३ मा १ खाता मार्फत सजिलै शेयर बिक्री गर्न मिल्ने सुबिधा यस खातामा रहेको छ ।

सानिमा बैंककोे सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*