एनएमबि लघुवित्तले खुलायो रोजगारको अवसर

३१ आश्विन २०७९, सोमबार १४:१५

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताउँदै भ्याकेन्सी खुलाएको हो ।

सस्थाले वरिष्ठ प्रबन्धक।प्रबन्धक।सहायक प्रबन्धकमा एक जना, बरिष्ठ अधिकृत।कनिष्ठ अधिकृतमा २ जना र व्यवस्थापन प्रशिक्षार्थीका लागि ४ जना गरी कुल ७ जना कर्मचारी माग गरेको हो ।

सो पदका लागि लघुवित्तले स्नातक तहदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले कात्तिक १५ गतेसम्म कम्पपनीको वेबसाइट https://nmbmicrofinance.com/ मार्फत दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*