कमर्सियल बैंकमा लगानीकर्ताको आकर्षण, यी हुन् सोमबार सर्वाधिक कारोबार भएका टप कम्पनी

३१ आश्विन २०७९, सोमबार १५:०६

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २ अंकले घटेर १८५८ विन्दुमा कायम भएको छ ।

आज शेयबजारमा ५१ करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नबिल बैंकको २ करोड ७९ लाख रुपैयाँमािथको कारोबार भएको छ ।

त्यस्तै, प्रभु बैंकको २ करोड ६१ लाख र रिडी हाइड्रोपावरको २ करोड २६ लाख, हिमालयन डिस्टिलरीको १ करोड ८० लाख र प्राइम कमर्सियल बैंकको १ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*