बैंकहरुको ब्याजदर नघट्दा शेयरबजारमा तनाव, ६ उपसूचकमा हरियाली छाएपनि कारोबार माथि उक्लिएन

३१ आश्विन २०७९, सोमबार १५:१६

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ९ अंकले घटेको नेप्से परिसूचक आज २ अंकले घटेर १८५८ विन्दुमा कायम भएको छ ।

असोज महिनामा बैंकहरुरुले ब्याजदर बढाएसँगै शेयर बजार प्रभावित बनेको छ । आज वाणिज्य बैंकहरुले असोजमा बढाएको ब्याजदर कात्तिक महिनाका लागि यथावत राखेर धमाधम ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर घट्ने आशामा बसेको लगानीकर्ताहरु निराशा बन्न पुगेका छन् ।

यसैका कारण पनि शेयरबजार झनै घट्न सक्ने सम्भावना बढेको छ । बैंकहरुको चर्को ब्याजदरका कारण र शेयरबजारमा देखिएको उतारचढावका कारण पनि आज शेयरबजारमा जम्मा ५१ करोडको मात्रै कारोबार भएको छ ।

आज नेप्सेमा सूचीकृत २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर किनबेच हुँदा ५१ करोड ५८ लाख रुपैयाँमाथिको कारोबा भएको छ । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज निर्जिवन बीमा, म्युचुअल फण्ड, बैकिङ्ग, ब्यापार, होटल तथा पर्यटन र अन्य समूह बढेको छ भने बाँकी अन्य सूचक सबै राताम्य रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*