कोरोना बीमाको दावी भुक्तानी गर्ने बीमा समितिले अर्थमन्त्रालयमा बुझाएको दुई प्रस्ताव यस्तो

३१ आश्विन २०७९, सोमबार १५:३७

काठमाडौं । बीमा समितिले नेपाल सरकारलाई कोरोना बीमाको दावी भुक्तनी गर्ने सम्बन्धमा दुई वटा विकल्प अघि सारेको फेला परेको छ । बीमा समितिले २०७८ असोज २५ गते अर्थमन्त्रालयमा पठाएको पत्रमा कोरोना बीमाको दावी भुक्तानी गर्ने दुई वटा विकल्प अघि सारेको थियो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अर्थमन्त्रालयमा बुझाएको कोरोना बीमाको दावी भुक्तानी सम्बन्धी रोडम्यापका सम्बन्धमा उल्लेख गरिएको छ । सो पत्रमा कोरोना बीमाको बक्यौता भुक्तानीका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत गरिएको सरकारी, राष्ट्र सेवक कम्पनीको दायित्व नेपाल सरकारले व्यहोर्ने विषयलाई पहिलो विकल्पमा राखिएको छ ।

त्यस्तै दोस्रो विकल्पमा नेपाल सरकारले ५५ प्रतिशत, निर्जीवन बीमा कम्पनीहरुले दामासाहीले २५ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीले १२ प्रतिशत र बीमा समितिले ८ प्रतिशत गरी कूल ११ अर्ब ४३ करोड ९६ लाख ६३ हजार ८९२ रुपैयाँ दावी भुक्तानी गर्ने विकल्प अघि सारिएको छ ।

सरकारले कोरोना बीमाको दावी भुक्तानी गर्न एक अर्ब रुपैयाँ निकासा गरेपछि बीमा समितिले थप स्रोत जुटाएर कोरोना बीमाको रकम भुक्तानी कसरी गर्ने भन्ने सम्बन्धमा उक्त फाइल खोलिएको छ । सो क्रममा बीमा समितिले पठाएको प्रस्ताव अनुसार नै वितरण गर्ने कि नयाँ प्रस्ताव पुनः अघि सार्ने भन्नेमा निर्णय भइसकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*