महालक्ष्मी विकास बैंकले एक अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

३१ आश्विन २०७९, सोमबार १७:०३

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ ।

बैंकले १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असोज २७ गते बोर्डमा निवेदन पेश गरेको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ ।

बोर्डबाट स्वीकृति पाएपश्चात बैंकले १० वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत व्याजदरको “१० वर्ष, ११% महालक्ष्मी डिबेञ्चर २०८९“ नामक ऋणपत्र निष्कासन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*