इष्टर्न हाइड्रोपावरको आईपीओमा १० लाखको आवेदन, १८.७१ गुणा बढी शेयर माग

३१ आश्विन २०७९, सोमबार १७:३८

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा १० लाख बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ः०५ बजेसम्ममा कम्पनीको आईपीओमा १० लाख २८ हजार ५३ वटा आवेदनबाट १ अर्ब १६ करोड ६८ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ६८ हजार ८९० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख २३ हजार ३८९ कित्ता शेयरको १८।७१ गुणा बढी हो ।

कम्पनीले शुक्रबार देखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ । त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*