सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले कात्तिक ७ गतेदेखि एकिकृत कारोबार सुरु हुँदै

१ कार्तिक २०७९, मंगलवार १०:३३

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले कात्तिक ७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन्। यी दुई निर्जीवन बीमा कम्पनीले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन्।असोज ११ गते सम्पन्न यी दुबै इन्स्योरेन्सको विशेष साधारणसभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो।

त्यसैगरी, बीमा समितिले मर्जरका लागि यी दुई इन्स्योरेन्सलाई असोज १४ गते र नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले असोज २७ गते स्वीकृती प्रदान गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*