मिथिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ

१ कार्तिक २०७९, मंगलवार १०:५३

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले २ हजार २५४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

लघुवित्तले सो शेयरको न्यूनतम मूल्य ५०० रुपैयाँ तोकेको छ । यसर्थ उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केबजार धनुषामा दरखास्त बुझाउन सक्नेछन् । साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*