२६ प्रतिशत लाभांश दिने सोल्टी होटलको निर्णय, साधारण सभा र बुकक्लोजको मिति समेत तय

२ कार्तिक २०७९, बुधबार १०:४०

काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजी आव २०७८।७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २१.३१५७८९४७ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश पारितका लागि कम्पनीले सम्बन्धित नियमक निकायबाट स्वीकृत पाएपश्चात् यहि पुष २८ गते नेपाल प्रज्ञा भवन प्रेक्षालय, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आह्वान गरेको छ ।

साथै कम्पनीले लाभांश प्रयोजनार्थ पुष ७ गतेदेखि पुष २८ गतेसम्म बुकक्लोजको मिति ताकेको छ । यसर्थ पुष ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुमात्र सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*