गणपति लघुवित्तका सिइओ किरण विष्टद्धारा राजिनामा, का.मु. सिइओको जिम्मेवारी विष्णु प्रसाद ढकाललाई

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण विष्टले राजिनामा दिएका छन् । विष्टले सिइओ पदबाट दिएको राजिनामा कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।
साथै सोही बैठकले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीमा कार्यरत नायब प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकाललाई का.मु. सिइओको जिम्मेवारी कात्तिक १ गतेदेखि लागू हुनेगरी दिइएको छ ।
साथै संचालक समितिको बैठकले ढकाललाई कम्पनी सचिवको जिम्मेवारी समेत दिएको जनाएको छ ।