मिथिला लघुवित्तका संचालक शिव प्रसाद साहद्धारा राजिनामा
२ कार्तिक २०७९, बुधबार १०:५८

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक शिव प्रसाद साहले राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी समूह क को तर्फबाट प्रतिनिधित्व गर्दै आएका साहले संचालक पदबाट राजिनामा दिएका हुन् ।
संचालक पदबाट साहले राजिनामा दिएकोमा संस्थाको असोज ३१ गते बसेको संचालक समितिको बैठकले कात्तिक १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।