राष्ट्रिय वाणिज्य बैंक ७७ वटा जिल्लामा पुगेर सेवा दिन सफल

२ कार्तिक २०७९, बुधबार १३:०८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक देशको सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुग्न सफल भएको छ । सर्लाही जिल्लाको मलंगवा नगपालिका वडा नम्बर ९ स्थित शाखा कार्यालयमा सोमबार कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो ।

नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आर्थिक वर्ष २०७८र७९ को चौथो त्रैमाससम्ममा बैंकले ५ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ५९ अर्ब रुपैयाँ र खुद कर्जा तथा सापट २ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । आ।व। २०७८र७९ मा बैंकको शेयरधनी कोष ३३ अर्ब ४८ करोड रुपैयाँ र कुल सम्पत्ति ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*