एनसेल आजियाटाले वार्षिक साधारण सभा कात्तिक २५ गते, यस्ता छन् एजेण्डा

२ कार्तिक २०७९, बुधबार १४:३२

काठमाडौं ।  एनसेल आजियाटाले कात्तिक २५ गते तेस्रो वार्षिक साधारण सभा डाकेको छ । सभा एनसेल आइकोन भवन, लैनचैर–२६ काठमाडौंमा दिउँसोको १२ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८–७९ को लाभांश प्रस्ताव पेश गर्नेछ । कम्पनीले लाभांश दर भने उल्लेख गरेको छैन ।

साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा ऋणका विषयमा पनि छलफल गर्ने एजेन्डा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*