तरलताको र ब्याजदर असहज भएका कारण शेयर बजारमा दोहोरो अंकको गिरावट

२ कार्तिक २०७९, बुधबार १५:३३

काठमाडौं । सेयर बजार बधबार पनि निरन्तर घटेको छ । आज नेप्से सूचक १२।८१ अंकले घटेर १८४५।५१ विन्दुमा बन्द भएको छ । ६४ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से लगातार घटेको बुधबार तेस्रो दिन हो । सूचक निरन्तर ओरालो लाग्दा आमलगानीकर्ताको मनोबल पनि कमजोर देखिएको छ । विगत एक वर्षदेखि घट्दो क्रममा रहेको बजारमा सूचीकृत कम्पनीहरुको सेयर भाउ भने निकै सस्तो बनिसकेको छ ।

सेयर भाउ सस्तो भइसक्दा पनि तरलताको अवस्था र ब्याजदर असहज भएका कारण पुँजी बजार प्रभावित बन्दै आएको छ । विगत केही साता बैंकिङ प्रणालीमा निक्षेप थपिएपनि कर्जा प्रभाव सुस्त बनेको छ । ब्याजदर महँगो बन्दै गएको छ । जसका कारण ऋण लिएर लगानी गर्नेहरुका लागि पनि परिस्थिति सहज बनेको छैन । ब्याजदरमा सामान्य परिवर्तन हुँदा पनि सेयर बजार प्रभावित हुने भएकाले सर्वसाधारण लगानीकर्ताले भने सम्यमता अपनाउनु पर्ने हुन्छ ।

यद्दपि, अहिले लाभांशको सिजन चलिरहेको छ । सूचीकृत कम्पनीले लाभांश घोषणा गरिरहँदा सेयर भाउ भने निकै सस्तो बनेको छ । जसको फाइदा दीर्घकालीन रणनीति बनाएर लगानी गर्नेहरुले लिन सक्ने जानकारहरुले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*