आज यी कम्पनीको शेयर मूल्य घट्यो, कुनको कतिले घट्यो ?

२ कार्तिक २०७९, बुधबार १५:४२

काठमाडौ । सेयर बजार बधबार पनि निरन्तर घटेको छ . आज नेप्से सूचक १२.८१ अंकले घटेर १८४५.५१ विन्दुमा बन्द भएको छ । ६४ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से लगातार घटेको बुधबार तेस्रो दिन हो । सूचक निरन्तर ओरालो लाग्दा आमलगानीकर्ताको मनोबल पनि कमजोर देखिएको छ । विगत एक वर्षदेखि घट्दो क्रममा रहेको बजारमा सूचीकृत कम्पनीहरुको सेयर भाउ भने निकै सस्तो बनिसकेको छ ।

यो दिन पिपुल्स पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।
त्यस्तै, सामलिङ पावर, विन लघुवित्त, रिभर फल्स, कुमारी धनवृद्धि योजना, रुरु जलविधुत्, मन्दाकिनी हाईड्रोपावर, श्वेत गंगा र युनाईटेड मोदी हाईड्रोको शेयर ओरालो लागेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*