सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड गेट, भैंसेपाटी र लुभूमा

२ कार्तिक २०७९, बुधबार १६:५९

काठमाडौं ।सिद्धार्थ बैंक लिमिटेडले २०७९ कार्तिक २ गते बुधवार काठमाडौं स्थित न्यूरोड गेटमा र ललितपुर स्थित भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुयाउने उद्देश्यका साथ उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । उक्त शाखाहरु विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।

सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पि ओ एस् मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंकको वेबसाइटमा रहेको  EasyBank Portal (https://easybank.siddharthabank.com/ मार्फत बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको ग्लय क्रेडिट कार्ड जस्ता सेवा मार्फत् बैंकले उच्चस्तरिय बंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*