एभरेष्ट बैंकले मनायो आफ्नो स्थापनको २८ औं वार्षिकउत्सव, १० उत्कृष्ट कर्मचारीहरुलाई सम्मान

२ कार्तिक २०७९, बुधबार १९:४९

काठमाडौं । विशेष कार्यक्रमका बिच एभरेष्ट बैंकले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो ।बैंकका २०० भन्दा बढी कर्मचारी तथा ग्राहकहरुका बिच मा सम्पन्न सो कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीहरुलाई सम्मान समेत गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल नेत्र ज्योती संघलाई डा. राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँचने मेशिन खरिद गर्नका लागि चार लाख ८० हजार २५० रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले नेपाल नेत्र ज्योती संघका बोर्ड सदस्य द्रोण गुरगाँईलाई उक्त कार्यक्रमका बिच सो चेक हस्तान्तरण गरेका छन् ।

सो कार्यक्रममा नेपाल नेत्र ज्योती संघ धनकुटाका तर्फबाट रोशेस श्रेष्ठको समेत उपस्थिति रहेको थियो । साथै बैंकले ललितपुरको टैखेलमा सोलार यात्रु प्रतिक्षालय निमार्ण गर्नका लागि गोदावरी नगरपालिका वडा नं. ३ संग सम्झौता गरेको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र वडा कार्यालयको तर्फबाट अध्यक्ष  सानु राजा घिमिरेले एक कार्यक्रमका बिच सो सम्झैतामा हस्ताक्षर गरेका हुन ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन्तथा देशैभरी छरिएर रहेको आफ्नो १२० शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ः सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको खलागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*