लुम्बिनी विकास बैंकको ९० हजार कित्ता शेयर बिक्रीमा

३ कार्तिक २०७९, बिहीबार १०:५०

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

संस्थापक शेयरधनी सुजन बरालले आफ्नो नाममा रहेको १३ हजार कित्ता, अनन्तराज पोखरलले ४ हजार, युगराज रेग्मीले ६५ हजार कित्ता र गणेश राज रेग्मीले ११ हजार ४०७ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरु तथा जो कोही ब्यक्ति तथा संस्थाले १५ दिनभित्र कम्पनीको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा दरखास्त पेश गर्न सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*