तिहारको धनतेरस अवसर पारेर आजदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने

३ कार्तिक २०७९, बिहीबार ११:३२

 

काठमाडौं। हिन्दुहरुको चाड तिहारको धनतेरस अवसर पारेर आजदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । पर्याप्त मौज्दात रहेकाले माग अनुसार वर्षभर नै सुन र चाँदीको सिक्का बिक्री गर्दै आएको राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित गरेर आजदेखि बिक्री सुरु गर्ने राष्ट्र बैंक टक्सार विभागले जनाएको छ । यसअघि पनि तिहार अघि नै दसैको नोट जसरी प्रत्येक बर्ष यसको काम हुने गरेको थियो ।

राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको बिक्री आजदेखि गर्ने भएको छ। धनतेरसमा असर्फीको माग धेरै हुने भएकाले सहज तिरिकाले असर्फी र चाँदीका सिक्का बिक्री गरिने तयारी रहेको टक्सार विभागले जनाएको छ।

‘प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक/एक थान असर्फी वितरण गर्छाैं’ विभागका एक कर्मचारीले भने, ‘आवश्यकता र औचित्य हेरेर त्यसमा कम वा बढी पनि गर्न सकिन्छ ।’
सुनको बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । असर्फी व्यक्ति वा संस्था दुबैले खरिद गर्न सक्छन् । व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २ सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ । तर, संस्थाको हकमा प्रतिग्राम तीन सय रुपैयाँ थप गरिने राष्ट्र बैंकले बताएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*