बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.३८ अंकले घटेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ ।
शेयरबजार घटेसँगै आज कारोबार समेत ५० करोड ७६ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक अभियान लघुवित्तको शेयर ३ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, गरिमा विकास बैंकको २ करोड ६७ लाख, एभरेष्ट बैंकको २ करोड ४९ लाख, नबिल बैंकको २ करोड ३७ लाख र एनआइसी एशिया बैंकको १ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । समग्रमा आज बैंकहरुको शेयर बढी कारोबार भएको छ ।