झिनो अंकले घट्यो नेप्से, १० उपसूचक राताम्य हुँदा कारोबार ५० करोडमा सीमित

३ कार्तिक २०७९, बिहीबार १५:१४

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.३८ अंकले घटेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ ।

बैंकहरुको ब्याजदर घट्ने आशामा बसेका लगानीकर्ताहरुले बैंकहरुले असोजमा बढाएको ब्याजदर यथावत राख्दा लगानीकर्ताहरु निराश बन्न पुगेका छन् । यसको प्रभाव पछिल्ला केही दिनयताका शेयरमार्केटमा देखिएको छ । कारोबार रकम अर्बमा उक्लिन समेत मुस्किल परेको छ ।

आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको १५ लाख ४६ हजार ८५७ कित्ता शेयर किनबेच हुँदा ५० करोड ७६ लाख ८९ हजार रुपैयाँको मात्रै कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज व्यापार समूह, विकास बैंक र लगानी सूचक बाहेकका सबै सूचक राताम्य रहेका छन् । सर्वाधिक आज हाइड्रोपावर सूचक ०.५३ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*