लाभांश प्रस्तावसहित सिटिजन्स बैंकको साधारण सभा आज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सातौं वार्षिक साधारण सभा आज (कात्तिक ४ गते) शुक्रबार बस्दैछ । बैंकको असोज १२ गते बसेको संचालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, दिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
कम्पनीको सो सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम ९ प्रतिशतका दरले हुन आउने एक अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।
साथै उक्त सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने वा मर्जरमा जाने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, साविक सिर्जना फाइनान्सलाई प्राप्ति गरेपश्चात साबिक पुँजी संरचना ५१ः४९ परिवर्तन भई कायम भएको ५१.०७ः४८.९३ बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने जस्ता प्रस्तावहरु पारित गर्नेछ ।
यसका अलावा आव २०७८।७९ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ । साथै चालु आवको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
बैंकले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला खारेज किताब (बुकक्लोज) असोज २८ गते एक दिनका लागि तोकेको छ । यसथै असोज २७ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र सभामा उपस्थित जनाउन साथै प्रस्तावित लाभांश पाउनेछन् ।