नेपाल बैंकद्धारा एक शाखा प्रमुखलाई बरखास्त

४ कार्तिक २०७९, शुक्रबार १०:२४

काठमाडौं । नेपाल बैंक लिमिटेडले गुलरिया शाखाका शाखा प्रमुखका रुपमा कार्यरत निलम्बित कर्मचारी धवेन्द्र न्यौपानेलाई बरखास्त गरेका छन् । बैंकले एक सूचना प्रकाशित गर्दै उक्त कर्मचारीलाई बैंकको सेवाबाट बर्खास्त गरिएको जनाएको हो ।

बैंकको वीरेन्द्रनगर तथा गुलरिया शाखामा कार्यरत रहँदा बैंकको नीति नियम विपरीत अनियमित कार्य गरी व्यक्तिगत लाभ लिएको र बैंक तथा ग्राहकलार्य हानी नोक्सानी पुर्याएको भन्दै बैंकले कर्मचारी सेवा विनियमावली २०७९ को विनियम १३७ को उपविनियम (१) बमोजिम स्पष्टीकरण पेश गर्न १५ दिने सूचना जारी गर्दा पनि निजबाट कुनै स्पष्टीकरण प्राप्त नभएकोले बैंकले न्यौपानेलाई बरखास्त गरेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*