धौलागिरी लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त

४ कार्तिक २०७९, शुक्रबार १०:३२

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयरसम्बन्धि सम्पूर्ण कार्य गर्न शेयर रजिष्ट्रारमा सनराइज क्यापिलट लिमिटेडलाई नियुक्त गरेको हो ।

सो अनुसार अब लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु अब सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौंबाटै हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*