सिद्धार्थ बैंकको तिहार लक्षित क्यासब्याक योजना, ४०० रुपैयाँ क्यासब्याक पाइने

४ कार्तिक २०७९, शुक्रबार १३:५७

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले तिहारको शुभ अवसर पारी आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ४ सय रुपैयाँ क्यासब्याक योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक ५०० रुपैयाँ वा सो भन्दा बढि रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा ४०० रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् ।

यस योजनाले नगद भुक्तानी बाट डिजिटल भुक्तानी तर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिंदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २० हजार रुपैयाँ भन्दा बढी क्युआर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैंकिङ्ग सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजि बैंक पोर्टलमार्फत समेत प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*