दुई महिनामै राष्ट्र बैंकले बजारमा पठायो १७ खर्ब ८० अर्ब तरलता

४ कार्तिक २०७९, शुक्रबार १४:२१

काठमाडौं । चालु आर्थिक बर्षको दुई महिनाको अवधिमा बजारमा राष्ट्र बैंकले १७ खर्ब ८० अर्ब रुपैयाँ बजारमा पठाएको छ । केन्द्रिय बैंकले आर्थिक वर्ष ७९÷८० को पहिलो २ महिनाको अवधिमा १७ खर्ब ८० अर्ब २ करोड रुपैयाँ तरलता प्रवाह गरेको हो।

दुई महिनाको अवधिमा रिपोमार्फत १ खर्ब ११ अर्ब करोड, सोझै खरिद बोलकबोलमार्फत रु.१४ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत रु.१६५३ अर्ब ६० करोड गरी कुल रु.१७८० अर्ब २ करोड तरलता प्रवाह गरिएको छ ।

यस अवधिसम्ममा बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ७८ करोड ९४ लाख खुद खरिद गरी १०० अर्ब ४६ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३९ लाख खुद बिक्री गरी रु.३० करोड तरलता प्रशोचन गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर ९२ करोड बिक्री गरी रु.११७ अर्ब २३ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*