धितोपत्र बोर्डलाई ब्रोकर कम्पनी, स्टक एक्सचेञ्जको लाईसेन्स तत्कालका लागि अघि नबढाउन सर्वोच्चको आदेश

काठमाडौं । नेपाल धितोपत्र बोर्डलाई सर्वोच्च अदालतले नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाईसेन्स तत्कालका लागि अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।
आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाले उक्त आदेश जारी गरेको हो । अधिवक्ता दिपक बिक्रम मिश्रले तत्काल नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाईसेन्स दिने प्रकृया रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । मिश्रले दायर गरेको रिट निवेदनमा अदालतले अर्को सुनुवाई नहुँदासम्म लागू हुनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
धितोपत्र बोर्डले असोज २ गते नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजार सञ्चालनका लागि आवेदन खुला गरेको थियो । नयाँ ब्रोकर खोल्न आवेदन दिने ३० दिनको समय सकिएको छ । नयाँ ४५ र पुरानो एक सहित ४६ वटा कम्पनीले आवेदन दिएका छन् । नयाँ ब्रोकर र वस्तुविनिमय बजार सञ्चालनका लागि आवेदन दिने समय कात्तिक १५ गतेसम्म रहेको छ ।