वेस्ट फाइनान्सको नाफा १५ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ऋणात्मक

५ कार्तिक २०७९, शनिबार २०:१२

काठमाडौं । वेस्ट फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले ५९ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा कम्पनीले १२ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसअवधिमा सञ्चालन नाफा पनि ८६।९९५ ले घटेर १ करोड ७९ लाख रुपैयाँमा झरेको छ । गत वर्ष उक्त नाफा १३ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी भने ३९।४३ प्रतिशतले बढेर ३ करोड ८० लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढे पनि सञ्चालन नाफा घट्नाले नाफामा गिरावट देखिएको हो । साथै, कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि बढेको छ । जसले गर्दा नाफामा प्रभाव परेको देखिन्छ । फाइनान्सको वितरणयोग्य नाफा २२ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ६१ पैसाले घटेर २ रुपैयाँ ८६ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ४७ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ६८ पैसा छ । यसको खराब कर्जा बढेर ४।४०५ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*