लाभांश प्रस्तावसहित एनसीसी बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

६ कार्तिक २०७९, आईतवार १४:०९

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको बैठकले सभा मंसिर २ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो ।

बैंकको सो सभाले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट चुक्तापुँजीको ३.३६६३ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको बोनस शेयर र चुक्तापुँजीको ७.६३३७ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख ६४ हजार रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै बैंकको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी ११ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ हुनुपर्ने भएकोले सोही बमोजिम संशोधन गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने, गाभिने तथा मर्जरमा जाने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका अलावा बैंकको सभाले गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, आव २०७९।८० को लागि लोखपरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धाण गर्ने सभाको एजेण्डा रहेको छ

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १५ गते एक दिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ कात्तिक १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*