सूचीकृत कम्पनीहरुलाई नेप्सेले जारी गर्यो यस्तो सूचना

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले यहि कात्तिक २७ गतेबाट नयाँ वेबसाइट संचालन गर्ने भएको छ । नेप्सेका अनुसार पूर्ण रुपमा नयाँ वेबसाइट संचालन हुने भएको हुँदा हालसम्म नेप्सेले संचालन गरेका नट्स को लग इन आइडि नलिएका सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई अनिवार्य रुपमा नट्स को लग इन आइडि लिन नेप्सेले अनुरोध गरेको छ ।
नेप्सेमा सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेबसाइटमा सार्वजनिक गर्नको लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको ‘नट्स’ को लग इन आइडि।युजर आइडि अनिवार्य रहेकाले कात्तिक २५ गतेभित्र आइडि लिन अनुरोध गरेको हो ।
कात्तिक २७ गतेभित्र उप्रान्त नेप्सेमा सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेबसाइटमा मात्रै सार्वजनिक हुने र पुरानो वेबसाइट अन्तर्गतका सम्पूर्ण लगइन आइडि खारेज हुने भएकोले सूचीकृत कम्पनीहरुले सूचता तथा विवरणहरु तोकिएको समयभित्र सम्प्रेषण गर्नुपर्ने नेप्सेले जनाएको छ । साथै तोकिएको समयभित्र सम्प्रेषण गर्न नसकेमा प्रचलित प्रावधानबमोजिम भई जाने नेप्सेले सूचनामार्फत जनाएको छ ।