वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

६ कार्तिक २०७९, आईतवार १५:०६

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजारमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४.३५ अंकले बढेर १८५८ विन्दुमा कायम भएको छ ।

नेप्से बढेपनि कारोबारमा भने खासै सुधार देखिएको छैन । आज धितोपत्र दोस्रो बजारमा जम्मा ५१ करोडको मात्रै कारोबार भएको छ । सर्वाधिक एभरेष्ट बैंकको ५ करोड १६ लाख रुपैयाँथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ३ करोड ३८ लाख, नेपाल बैंकको ३ करोड २० लाख, एनआइसी एशिया बैंकको प्रोमोटर शेयरको २ करोड २९ लाख र गरिमा विकास बैंकको १ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । समग्रमा आज बैंकहरुको बढी कारोबार हुन पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*