दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । तिहार अगाडिको अन्तिम कारोबारको दिन शेयर बजारमा हरीलायी छाएसँगै आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। रुरु जलविधुत् कम्पनी र सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, सिटिजन म्युचुअल फण्ड १, हिमालयन एभरेष्ट, जनउत्थान सामुदायिक लघुवित्त, किसान लघुवित्त, मिथिला लघुवित्त, लक्ष्मी इक्विटी फण्ड, सानिमा बैंक र अपर हावाखोलाको शेयरमा सुधार देखिएको छ।