अर्थतन्त्र सुधारिएसँगै शेयरबजारमा हरियाली, निर्जिवन बीमा उपसूचक चम्कियो

६ कार्तिक २०७९, आईतवार १५:१६

काठमाडौं । साताको पहिलो दिन अर्थात् तिहार विदाको अघिल्लो दिन शेयरबजारमा दोहोरो अंकको सुधार देखिएको छ । पछिल्लो समय उतारचढावकाबीच घट्न पुगेको नेप्से परिसूचक आज १४.३५ अंकले बढेर १८५८ विन्दुमा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक अवस्था तथा वित्तीय तथ्याङ्क सार्वजनिक गरेको थियो । तथ्याङ्कअनुसार देशको वर्तमान आर्थिक अवस्था केही हदसम्म सुधारिएको देखिएको छ । ब्यापार घाटा बृद्धिदर कम, आयातमा कमी तथा रेमिट्यान्समा बृद्धि भएका कारण अर्थतन्त्र केही सुधारिएको देखिएसँगै शेयरबजार एकाएक प्रभावित बन्न पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर किनबेच हुँदा ५१ करोड ६८ लाख ३ हजार ४८४ रुपैयाँको कारोबार भएको छ । नेप्से सूचक बढेपनि कारोबार रकममा भने सुधार आउन सकेको छैन ।

साथै नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ११ उपसूचकमा हरियाली छाएको छ भने म्युचुअल फण्ड र होटल तथा पर्यटन उपसूचक राताम्य भएका छन् । सर्वाधिक निर्जिवन बीमा उपसूचकको १.२२ प्रतिशतले बढ्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*