नबिल बैंकको खुद नाफा ४१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौ । नबिल बैंकको खुद नाफा ४१।३० प्रतिशत ले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । बैंकले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको हो ।
गत वर्षको यसैअवधिमा यसले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी ६४।०५५ ले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।
सञ्चालन नाफा ४०।३८५ ले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा पनि २४२।२८५ ले बढेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी भने ५ रुपैयाँ १ पैसाले घटेर २७ रुपैयाँ ०१ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ११ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २३३।२८ रुपैयाँ २८ पैसा छ ।