नेपाल इन्भेष्टमेन्ट बैंकको वितरणयोग्य नाफामा उछाल, अन्य वित्तिय अवस्था कस्तो ?

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २३।४७ प्रतिशत ले बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा बैंकले ९२ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी ६६।४९ प्रतिशत ले बढेर २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब २७ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।
यसको सञ्चालन नाफा २३।४७५ ले बढेर १ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ७७५।०२ प्रतिशत ले बढेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसाले बढेर २४ रुपैयाँ ९२ पैसा .. पुगेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ७३ पैसा . रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ३२ पैसा छ ।