स्टान्डर्ड चार्टर्ड बैंकको अधिंकाश सूचकमा सुधार, प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ३२ पैसा

८ कार्तिक २०७९, मंगलवार १४:०७

काठमाडौं ।  स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्ममा बैंकको नाफा ६८।३९ प्रतिशतले बढेर ८१ करोड १३ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४८ करोड १८ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो । वितरणयोग्य नाफा पनि ४५।३३ प्रतिशत ले बढेर ४८ करोड ५५ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।

यसअवधिमा सञ्चालन नाफा ६९।२० प्रतिशत र खुद ब्याज आम्दानी ६९।२० प्रतिशत ले बढेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९४ पैसाले बढेर ३४ रुपैयाँ ४२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ३२ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*