माछापुच्छ्रे बैंकले बैंकको वितरणयोग्य नाफा बढ्यो

काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकको मुनाफा ४५ करोड ११ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ५।८८ प्रतिशले ले बढेर १ अर्ब ५४ करोड रुपैयाँ भएको छ ।
गत वर्ष यसको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । असोज मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी १५।८९ प्रतिशत ले बढेको छ भने सञ्चालन नाफामा २०।०१ प्रतिशत ले ह्रास आएको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३१ पैसाले घटेर १७ रुपैयाँ ५९ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९ पैसा रहेको थियो ।