एनआइसी एसिया बैंकको अधिंकाश सूचक सकारात्मक, स्व–पूँजीमा प्रतिफल सबैभन्दा बढी रहेको अनुमान

८ कार्तिक २०७९, मंगलवार १४:१३

काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशन गरेको वित्तिय विवरण अनुसार बैंकको नाफा, प्रतिसेयर आम्दानी र स्व पुँजी प्रतिफल पनि आकर्षक देखिएको छ । बैंकले आर्थिक बर्ष २०७९/८० को प्रथम त्रैमाससम्ममा कुल कर्जा रकम २७३।१० अर्ब पर्याउन सफल भएको छ । यस्तै, निक्षेप संकलन पनि।३०८।१८ अर्ब पुर्याएको छ । एनआइसी एसिया बैंकले यस त्रैमासमा १।७५ अर्ब रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन गत वर्षको तुलनामा ४९ प्रतिशतले बढी हो ।

यसैगरी, बैंकको स्व–पूँजीमा प्रतिफल (आरओई) २६।५५ प्रतिशत रहेको छ । यता, बैंकको वार्षिक प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ६२ पैसा रहेको छ । यो तथ्यांकले प्रतिसेयर आम्दानी लगायतका प्रमुख सूचकहरु निकै आकर्षक र सबल रहेको दखाउँछ । स्व–पूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २६ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा पनि निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भएको छ । जस अनुसार निष्कृय कर्जा अनुपात प्रथम त्रैमाससम्ममा ०।५९ प्रतिशतमात्र रहेको छ ।

बैंकले आ।व। २०७९–८० को प्रथम त्रैमाससम्ममा २ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३४ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*