शेयर बजार सोमबार मात्रै खुल्ने, तिहार अघि बन्द भएको नेप्से अब छठ पछि मात्रै सञ्चालनमा

११ कार्तिक २०७९, शुक्रबार १४:११

काठमाडौं । हिजो अर्थात बिहिवार भाइटीका लगाएपछि तिहार सकिएको छ । तिहार लगत्तै सरकारी कार्यालय खुल्ने भएपनि विगतमा भाइटीका दुई दिन परेकोले सरकारले यस वर्ष पनि भाइटीकाको भोलिपल्ट समेत सार्वजनिक विदा दिएको थियो । तिथिको घटबढका कारण आइतबार छठ पर्व परेकोले तिहारमा एक साता लामो विदा परेको छ ।

लामो विदाको कारण गत आइतबार बन्द भएको शेयर बजार अब आगामी सोमबार मात्रै खुल्ने भएको छ । दशैंमा नौ दिन विदा पछि शेयर कारोबार खुलेको थियो । तिहारमा सात दिन बन्द पछि सोमबारदेखि शेयर कारोबार खुल्नेछ ।

गत साताको आइतबार अन्तिम कारोबार दिन नेप्से १८५८.९३ पुगेर बन्द भएको थियो । आइतबार नेप्से १४.३५ अंकले बढेको थियो । सो दिन ५१ करोड ६८ लाख रुपैयाँको कारोबार भएको थियो ।

नेप्से लगातार घट्ने क्रममा रहेकोले पछिल्ला दिनहरुमा कारोबार अर्ब नाघ्न मुश्किल पर्ने अवस्थामा छ । पछिल्ल्लो तथ्याङ्क अनुसार नेप्समा कूल बजार पुँजिकरण २६ खर्ब ७३ अर्ब २० करोड ८५ लाख रुपैयाँ छ । गत वर्ष उत्कर्षमा पुगेको बेला कूल बजार पुँजिकरण ४१ खर्बसम्म पुगेको थियो ।

पछिल्लो समय शेयर बजार निकै अप्ठेरो अवस्थाबाट गुज्रिरहेको छ । बढ्दो ब्याजदर र नियामक निकायको सेटिङका कारण शेयर बजारमा लगानीकर्ताले खर्बौ रुपैयाँ गुमाइसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*