२६ मध्ये बैंक अफ काठमाण्डु र सनराइजको अवस्था बिग्रँदै, हिमालयन, सिद्धार्थ र प्राइमको खराव कर्जा आकासियो

११ कार्तिक २०७९, शुक्रबार १५:२६

काठमाडौं । नेपालमा सञ्चालित २६ वटा बाणिज्य बैंकहरुले मध्ये बैंक अफ काठमाडुको खराव कर्जा ७४८.२८ प्रतिशतले बृद्धि भई बैंकको अवस्था बिग्रिएको देखिएको छ । नेपालमा सञ्चालित २६ वटा बैंक मध्ये सबैभन्दा खराव कर्जा भएको बैंकको रुपमा सनराईज बैंकले आफ्नो नाम राखेको छ ।

बैंकहरुले प्रकाशित गरेको चालु आवको तीन महिनाको वित्तीय विवरणमा बैंक अफ काठमाडुको अवस्था बिग्रेको पाइएको हो । गत आवको असोज मसान्तसम्ममा ०.२९ प्रतिशत रहेको खराव कर्जा चालु आवको तीन महिने अवधीमा २.४६ प्रतिशत पुगेको छ । चालु आवको तीन महिनाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै खराब कर्जा बृद्धि हुने सूचिमा बैंक अफ काठमाडु पहिलो नम्वरमा परेको छ । सो बैंक ग्लोबल आइएमई बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।

 

सानिमा बैंकको खराव कर्जा पनि ह्वात्तै बृद्धि भई ०.११ बाट बढेर ०.९१ पुगेको छ । त्यस्तै हिमालयन बैंकको खराब कर्जा पनि ह्वात्तै बढेर २.३१ प्रतिशत पुगेको छ । सो बैंकको गत आवमा ०.५८ प्रतिशत रहेको खराव कर्जा यस वर्ष उच्च अंकले बढेर २.३१ प्रतिशत पुगेको हो ।
सिद्धार्थ बैंकको खराव कर्जा २९८ प्रतिशतले बृद्धि भई २.१५ प्रतिशत पुगेको छ । लक्ष्मी बैंकको खराव कर्जा २५१ प्रतिशतले बृद्धि भई १.७२ प्रतिशत पुगेको छ । त्यस्तै, प्राइम बैंकको पनि खराब कर्जा बृद्धि भई ०.६२ बाट बढेर १.८ प्रतिशत पुगेको छ ।

सनराईज बैंकको समेत खराब कर्जा बृद्धि भएको छ । सो बैंकको खराब कर्जा २.९४ प्रतिशत रहेको छ । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक, सिटिजन्स बैंकको खराब कर्जा लगभग शत प्रतिशतका दरले बढेको तथ्याङ्कले देखाएको छ ।

मेगा बैंक, एनसीसी बैंक, कुमारी बैंक, सिभिल बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक, प्रभु बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक र एनएमबी बैंकको पनि खराब कर्जा केही बृद्धि भएको छ ।

वित्तीय विवरण अनुसार खराब कर्जाको आधारमा नेफाल इन्मेष्टमेन्ट बैंकले चमत्कारिक सुधार गरेको देखिएको छ । सो बैंकको खराब कर्जा ३०.८४ प्रतिशत घटेको छ । त्यस्तै, राष्ट्रिय बाणिज्य बैंकको खराब कर्जा १७.६१ प्रतिशतले घटेको छ । सेन्चुरी बैंकको खराव कर्जा गत आव र चालु आवमा समान अवस्था देखिएको छ ।

२६ बैंकहरुमा खराव कर्जाको अवस्था
वित्तीय विवरण अनुसार नेपाली बैंकहरुको खराव कर्जा नियामक निकाय राष्ट्र बैंकले तोकेको तीन प्रतिशतभन्दा तल नै रहेको छ । खराब कर्जा प्रतिशतको आधारमा सबैभन्दा सनराईज बैंक देखिएको छ । सो बैंकको खराब कर्जा सबैभन्दा धेरै २.९४ प्रतिशत रहेको छ । त्यस्तै, दोस्रो नम्वरमा राष्ट्रिय बाणिज्य बैंक रहेको छ । सो बैंकको खराब कर्जा प्रतिशत २.४८ प्रतिशत रहेको छ । त्यस्तै, तेस्रो नम्वरमा बैंक अफ काठमाडौं रहेको छ । सो बैंकको खराव कर्जा २.४६ प्रतिशत रहेको छ । एनसीसी बैंकको २.४६, कृषि विकास बैंक २.३८, नेपाल बैंक २.३६, नबिल बैंक २.३६, हिमालयन बैंक २.३१, सिद्धार्थ बैंक २.१५ र ग्लोबल आइएमई बैंकको २.१ प्रतिशत रहेको छ ।

दुई प्रतिशतभन्दा कम खराब कर्जा हुने बैंकहरुमा सिटिजन्स, एनएमबी, सेन्चुरी, प्रभु, प्राइम, लक्ष्मी, मेगा, नेपाल इन्मेष्टमेन्ट, सिभिल, माछापुच्छ्रे र कुमारी बैंक रहेका छन् । त्यस्तै, शुन्य प्रतिशत हाराहारीमा खराव कर्जा रहने बैंकहरुमा सानिमा, स्टाण्डर्ड चार्टर्ड, एनआईसी एसिया, एसबीआई र एभरेष्ट बैंक रहेका छन् ।

खराव कर्जाको आधारमा एभरेष्ट बैंकको खराव कर्जा सबैभन्दा कम अर्थात ०.३३ प्रतिशत मात्रै रहेको छ । त्यस्तै, नेपाल एसबिआई बैंकको खराव कर्जा ०.३६ प्रतिशत रहेको छ भने देशकै अग्रणी बैंक एनआईसी एसिया बैंकको खराव कर्जा ०.५९ प्रतिशत रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*