गोर्खाज फाइनान्सको नाफा शतप्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

१३ कार्तिक २०७९, आईतवार १२:३५

काठमाडौं। गोर्खाज फाइनान्सले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सले यस त्रैमाससम्ममा ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको तुलनामा फाइनान्सको नाफा १०१।०५ प्रतिशत ले धेरै हो ।

खुद ब्याज आम्दानी भने ३१७४।४९ प्रतिशत ले बढेर ८ करोड ११ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढ्नाले यसको खुद नाफामा आकर्षक वृद्धि भएको हो । साथै, फाइनान्सको इम्पेयरमेन्ट चार्ज गत वर्षको तुलनामा घटेको छ । जसले गर्दा नाफामा बढ्नमा सहयोग पुगेको देखिन्छ । फाइनान्सको वितरणयोग्य नाफा ३२ लाख ९८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

फाइनचुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ छ । जगेडा कोषमा ७२ करोड ७३ लाख रुपैयाँ जम्मा रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७१ पैसाले बढेर १५ रुपैयाँ ३५ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ६७ पैसा छ । यसको निष्कृय कर्जा अनुपात घटेर ७।४२ ५ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*