गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

१३ कार्तिक २०७९, आईतवार १६:२१

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले पहिलो त्रैमासको अवधिसम्ममा २२ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ८५।५७ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा फाइनान्सले १ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसअवधिमा सञ्चालन नाफा पनि ८७।५५ प्रतिशत ले घटेर २५ लाख ५१ हजार रुपैयाँमा झरेको छ । गत वर्ष उक्त नाफा २ करोड ४ लाख रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी भने ३४।१६ प्रतिशत ले बढेर ६ करोड ७४ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढे पनि सञ्चालन नाफा घट्नाले नाफामा गिरावट देखिएको हो । साथै, फाइनान्सको इम्पेयरमेन्ट चार्ज पनि बढेको छ । जसले गर्दा नाफामा प्रभाव परेको देखिन्छ । फाइनान्सको वितरणयोग्य नाफा ६ करोड ६० लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३३ पैसाले घटेर ९६ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २९ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४५ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर २।८१५ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*