एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

१४ कार्तिक २०७९, सोमबार १०:२६

काठमाडौं । एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन हो । प्रतिफल बितरण गर्न दुवै दुवैले मंगलबार बुक क्लोज गर्दैछन् । यसर्थ, आजसम्म कायम इकाईधनीले लाभांश पाउनेछन् । दुवै फन्डले समान १३ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्न लागेका छन् ।

यी दुवैको योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटल रहेको छ । यसआधारमा एसिया ग्रोथ फन्डले १० करोड ८५ लाख ७६ हजार रुपैयाँ र एनआइसी एसिया ब्यालेन्सड्ले ९ करोड ८१ लाख ८५ हजार रुपैयाँ नगद लाभांशमा वितरणमा खर्च गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*